Hamro Patra
धनगढीमा राष्ट्रिय सभा निर्वाचन को मतदान जारी

धनगढी, माघ ११

राष्ट्रिय सभा निर्वाचनका लागि कैलालीको धनगढीमा मतदान जारी रहेको छ। 

मतदान गर्न सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा नगरपालिका र गाउँपालिकाका मेयर तथा उपमेयर अध्यक्ष तथा उपाध्यक्षहरू यतिबेला धनगढीमा छन्। 

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायण दत्त भट्ट, बलदेव बोहरा र नेकपा माओवादी केन्द्रका रेणुचन्द उम्मेदवार छन्।

यसैगरी नेकपा एमालेबाट अपाङ्गता तर्फबाट कैलालीका रामचन्द्र जोशी, महिलामा कैलालीकै सावित्री घिमिरे र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा छन्।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update