Hamro Patra

टीकापुर, माघ २७

ब्यक्तिगत फेसबुक पेज तथा मेसेन्जर लगायत सामाजिक सञ्जालहरुमा ब्यक्तिगत चरित्र हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुईजना पत्रकारलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न. ०४ का बर्ष ४२ पुस्कर भट्ट र वडा न. ०५ का बर्ष ३३ कि ऐश्वर्या कुँवर रहेका छन् । 

प्रहरीले परिवर्तित नामथर कञ्चनपुर ७५(५०) बाट बिधुतीय कारोवार सम्बन्धी शिर्षकमा निम्न प्रतिबादी समेतको नाममा प्राप्त जाहेरी कार्यालयमा दर्ता भई सम्मानित कञ्चनपुर जिल्ला अदालतको मिति २०८०माघ २६ गतेको पक्राउ अनुमति अनुसार पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले भट्ट र कुवर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ बताए।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update