Hamro Patra
लागू औषध सहित एकजना पक्राउ

टीकापुर, फागुन १७

कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नं १ ब्लक नम्बर १२ बसपार्क जोड्ने सडकबाट २७ वर्षीय प्रविन साउँद पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, टीकापुरले मङ्गलवार दिउँसो टीकापुर नगरपालिका–८ का साउँदलाई ५६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो।

उनले पाइन्टको खल्तीमा लागुऔषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनीसँग २ पोका लागुऔषध रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर मुद्‍दा दर्ता गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update