टीकापुर, फागुन २५
गठबन्धनमा आएको फेरबदलसँगै सत्तापक्षका दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सरकार विस्तार गरेका छन ।
मुख्यमन्त्री शाहले केहीबेरअघि मात्रै नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
आज नै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जाेशीबाट पद तथा गाेपनियताकाे सपथ गराए ।
शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्दिरा गिरी भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चाैधरी विना विभागिय मन्त्रीमा नियुक्त भएका छन ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० २१:०३
प्रतिक्रिया दिनुहोस्








