Hamro Patra
सुदुर पश्चिमा नागरिक उन्मुक्तिका तीनजना मन्त्री नियुक्त

टीकापुर, फागुन २५

गठबन्धनमा आएको फेरबदलसँगै सत्तापक्षका दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज सरकार विस्तार गरेका छन ।

मुख्यमन्त्री शाहले केहीबेरअघि मात्रै नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

आज नै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जाेशीबाट पद तथा गाेपनियताकाे सपथ गराए ।

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्दिरा गिरी भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चाैधरी विना विभागिय मन्त्रीमा नियुक्त भएका छन । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update