Hamro Patra
चरेला खोलामा पुरुषको शव फेला

टीकापुर, चैत्र १९

कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर ६ चरेला खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

चरेला खोलामा मृत अवस्थामा फेला परेका अन्दाजी ६० वर्ष माथिका देखिने पुरुषको सनाखत हुन सकेको छैन।

घटनाको इलाका प्रहरी कार्यालय मोतिपुरले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update