Hamro Patra

टीकापुर, असार २६

कैलालीको धनगढी उपमहानगरपालिकाका एक पुरुष को मोहना नदीमा डुबेर ज्यान गएको छ। 

उपमहानगरपालिका वडा नं १० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मोहना नदीमा माछा मार्ने क्रममा मंगलवार डुबेर मृत्यु भएको हो।

नदीमा माछा मार्ने क्रममा डुबेर राना बेपत्ता भएका थिए। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा नदीमा राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update