Hamro Patra
कैलाली अस्पताल र औषधी ब्यवसायी सघंद्वारा स्वास्थ्य शिविर

धनगढी, साउन ६
धनगढीस्थित कैलाली अस्पताल र औषधी ब्यवसायी सघं कैलालीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कञ्चनपुरको बेलौरी नगरपापलका वडा नम्बर ५ रामनगरमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा फिजिसियन डा.सञ्जय गुप्ता, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रमेश जोशी, डा.निमेश सिंह लगायत जनरल, अर्थो, बाल रोग विशेषज्ञसहित १५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले सेवा दिएको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।

शिविरमा ४ शय ४७ जनाले सेवा लिएका छन् । शिविरमा सहभागी भएकाहरू मध्ये बढी समस्या देखिएकाहरुलाई निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । यस्तै औषधी तथा अप्रेसनमा समेत छुट दिइने जोशीले बताए । कैलाली अस्पतालले सामाजिक उत्तरदायित्व स्वरुप स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update