Hamro Patra
कर्णाली सरकारबाट बाहिरियो माओवादी

सुर्खेत, साउन ७
कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र अलग भएको छ । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने चार जना मन्त्रीले आज मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन ।

केन्द्रको सत्ता समीकरण परिवर्तन भएको हप्ता दिनपछि मन्त्रीहरुले राजीनामा बुझाएका हुन । उनीहरु वैशाख १८ गते प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका थिए।

सामाजिक विकास मन्त्री विरबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावत र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री रणसिंह परियारले राजीनामा दिएका हुन । 
राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता दिएको छ । समर्थन फिर्तासँगै अव मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update