सर्पको टोकाईबाट बालकको मृत्यु

टीकापुर, साउन २९
सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो ।
सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ १२:४९
प्रतिक्रिया दिनुहोस्