Hamro Patra

टीकापुर, भदौ २८

निरन्तर परेको वर्षाका कारण कर्णाली नदीले चिसापानीमा खतराको तह पार गरेको छ। १०.८ मिटरलाई खतराको तह मानिन्छ। तर अहिले नदीको तह ११.८ मिटर पुगेको छ।

नदीले खतराको तह पार गरेसँगै टीकापुर वडा नम्बर ५,६,७ र ८ मा बाढी पस्ने खतरा बढेको छ।

अहिले कर्णालीले टीकापुर ५ दौलतपुरमा कटान गरिरहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update