
टीकापुर, माघ १३
नेपाली काँग्रेस टीकापुर नगरपालिका वडा नं. १ मा १०० दिने अभियान समापन भएको छ । पार्टीको संगठन विस्तारका लागि टोल भेला सम्पन्न गर्दै वडा समितिले १०० दिने अभियानको समापन गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर रावलले काँग्रेसले गरेका कामहरु जनतासम्म पुर्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य एवं महासमिति सदस्य केशरी विष्ट, धनबहादुर शाही, महासमिति सदस्य नवराज रावल, क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रकाश शाह, महाधिवेशन प्रतिनिधि रामबहादुर भण्डारी लगायतले संगठन सुदृढिकरणमा एकजुट हुनुपर्ने बताए ।
वडा सभापति चक्रबहादुर बटालाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य बमबहादुर बम, अछाम जिल्लाका पूर्व महाधिवेशन प्रतिनिधि हर्कमान स्वाँर, नगर सभापति नरेशकुमार खत्री, महिला संघका जिल्ला कोषाध्यक्ष निर्मला कडायत, तरुण दल क्षेत्रीय अध्यक्ष कल्पेश कुँवर, नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाका अध्यक्ष परमानन्द पाण्डे, नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्ट, नेविसंघ प्राकृतिक श्रोत व्यवस्थापन कलेजका इकाई सभापति सर्जन जोशी र टोल संयोजक भीमबहादुर शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीमा निरन्तर योगदान पुर्याउने टेकबहादुर थापा, सत्यराज उपाध्याय, कृपाराम सञ्ज्याल, बिमादेवी टमट्टा, नवलसिंह भण्डारी, मानबहादुर बुढा, विरकेश बुढा र बन्धप्रसाद चौधरीलाई दोसल्लासहित सम्मान गरिएको छ । कार्यक्रममा स्वागत सचिव लोकबहादुर विष्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन सहसचिव रुपकबहादुर विष्टले गरेका थिए ।