Hamro Patra
लागुऔषधसहित पाँच जना पक्राउ

टीकापुर, चैत्र २३
कैलालीका विभिन्न ठाउँबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । भजनी नगरपालिका वडा नं. ३ जवलपुरका २२ वर्षीय सागीराम चौधरीको घरबाट उनीसहित सोही नगरपालिका वडा नं. २ का २१ वर्षीय निरज चौधरीलाई लागुऔषध सेबन गरी रहेको अवस्थामा शुक्रवार प्रहरीले पक्राउ गरेको हो । 

यी दुबै जनाको साथबाट २ ग्राम १५० मिलिग्राम खैरो हेरोइन फेला पारी इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. २ चेक पोष्टबाट बर्दियाको गोरुवा गाउँपालिका–३ का १९ वर्षीय नविन थापालाई स्पास ६३ ट्याब्लेट र नाइट्रोभ्याट १८ ट्याब्लेटसहित पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं. २ पुरानो भन्सार रोडबाट धनगढी उपमहानगरपालिका वडा नं. ८ बस्ने २७ वर्षीय कमल रानालाई २२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नं. २ चेक पोष्टबाटै थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नं. ८ बस्ने १९ वर्षीय गोविन्द कठायत रहेका छन् । कठायतलाई १ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update