मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

टीकापुर, बैशाख १०
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको जोरायाल गाउँपालिका वडा नं. १ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार बझाङ बुङ्गल नगरपालिका वडा नं. २ मलेनाका ३२ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामीको घटनास्थलमै मृत्यु भएको हो ।
कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक अनियन्त्रित भएर बिहान दुर्घटना भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १२:०१
प्रतिक्रिया दिनुहोस्