Hamro Patra
पत्रकार महासंघ कैलालीका सचिव भट्टलाई पितृशोक 

टीकापुर, वैशाख १० 
नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्टलाई पितृशोक परेको छ । भट्टका बुवा तिलाराम भट्टको ८६ वर्षको उमेरमा निधन भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. ६ जालीमा बस्दै आएका महासंघका सचिव भट्टलाई पितृशोक परेको हो । नयाँ पत्रिकाका संवाददाता तथा अग्रलेख अनलाइनका सम्पादक भट्टका पिता लामो समयदेखि बिरामी थिए ।

उनको धनगढीस्थित मोहना नदीको त्रिवेणी घाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update