Hamro Patra
बस दुर्घटना १३ जना घाईते

सुखड, बैशाख ११

कैलालीको घोडाघोडीमा आज बिहान बस दुर्घटना भएको छ । प्रहरीका अनुसार सुपप्र ००१ ख ३३८५ नम्बरको बस घोडाघोडी नगरपालिका – २ साडेपानी नजिकै दुर्घटना भएको हो ।

काठमाण्डौदेखि बझाङ गइरहेको बस दुर्घटना हुँदा १३ जना घाइते भएको बताईएको छ । बसले सुपप्र ०१००२ त ४६४० नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कविन्द्रसिँह बोहराले जानकारी दिए ।

उनका अनुसार घाईते सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्ये ७ जनालाई बढी चोट लागेको छ भने ६ जनाको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update