Hamro Patra
बलात्कार आरोपमा युवक पक्राउ

बौनियाँ, बैशाख ११

कैलालीको बर्दगोरियाका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षका सन्जु दमाई रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कविन्द्रसिँह बोहराले दमाईले सोही ठाउँकी २१ वर्षीया युवतीलाई जररजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

उनले युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा दमाई पक्राउ परेको बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update