लिप्टिसको रुखबाट खसेर युवकको मृत्यु

टीकापुर, बैशाख १४
कैलालीको टीकापुरमा लिप्टिसको रुखबाट खसेर एक जना युवकको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं. १ का ४० वर्षीय विष्णु चौधरीको शनिवार रुखबाट खसेर मृत्यु भएको हो ।
लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १२:४४
प्रतिक्रिया दिनुहोस्