Hamro Patra
अढाई किलो चरेश सहित चार जना पक्राउ

टीकापुर, बैशाख १४ 

जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइन र चरेशसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीको अपराध अनुसन्धान समूहबाट खटिगएको प्रहरीले टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर २ भन्सार कार्यालय नजिक डोटी जोरायल गाउँपालिका वडा नम्बर १ गैराका २४ वर्षीय किरणबहादुर बि.क.को साथबाट २ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हिरोइन) फेला पारेको छ ।

त्यस्तै उप–महानगरपालिका वडा नम्बर ३ शिशा पोष्ट नजिकबाट गोदावरी नगरपालिका वडा नम्बर २ का २७ वर्षीय सागर चौधरीको साथबाट १ ग्राम १४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) फेला पारेको हो ।

वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीबाट गौरीगंगा नगरपालिका वडा नम्बर ८ का ५३ वर्षीया बेलमती बोहराको साथबाट २ किलो ५८० ग्राम चरेश बरामद गरेको छ । 

त्यस्तै उप–महानगरपालिका वडा नम्बर २ ब्यारेलबाट बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर १ का २७ वर्षीय बिरेन्द्र सिंह भाटको साथबाट ६६० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) बरामद गरिएको हो । नियन्त्रण लिएका चारै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update