Hamro Patra
सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार

टीकापुर, बैशाख १४
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेकी एक थुनुवा महिला सरकारी वकिलको कार्यालय धनगढीबाट हत्कडीसहित फरार भएकी छन् । 

इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा बैशाख ४ गते टीकापुर नगरपालिका वडा नं. १ शिविरबाट पक्राउ गरिएकी मीना शाही दमाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगिएका बेला फरार भएकी हुन् । 

इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डिएसपी नवीनराजा बुढाथोकीले जिल्ला प्रहरीको हिरासतमा राखेर आज दिउँसो साढे ३ बजे म्याद थपका लागि लगिएका बेला हत्कडीसहित फरार भएको जानकारी दिए । 

डिएसपी बुढाथोकीले फरार रहेकी उनको खोजी कार्य तिब्र पारिएको बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update