भन्सार छलीका सामान बरामद

टीकापुुर, बैशाख २०
टीकापुर र धनगढीबाट भन्सार छलीका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ ।
टीकापुर नगरपालिका वडा नं. ९ पुरानो भन्सार र धनगढी उपमहानगरपालिका वडा नं. ३ मिलन चोक नजिकबाट अबैंध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९० हजार बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
भन्सार छलीको कुर्ती, दोपट्टा, सुटपिस, साडी, चप्पल, मिठाई, चक्लेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ ११:५९
प्रतिक्रिया दिनुहोस्