इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते

टीकापुर, बैशाख २०
डडेल्धुराबाट धनगढी आउँदै गरेको इभी गाडी सहजपुरमा दुर्घटनामा परेको छ ।
परशुराम नगरपालिका वडा नं. १२ जोगबुडाबाट धनगढीका लागि छुटेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको इभी हायस र धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०२००१६ प १२५२ नम्बरको बस चुरे गाउँपालिका वडा नं. ३ सल्लेरीमा ठोक्किएका हुन् ।
दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते हुनेमा इभी चालक परशुराम–१२ का २६ वर्षीय कमल धामी, इभीमा सवार सोही ठाउँकी ९ वर्षीया प्रतीक्षा सिंजा मगर र बसका यात्रु कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ३ की ३० वर्षीया निर्मला भट्ट रहेका छन् ।
उनीहरूको धनगढीका अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ । अरु यात्रु सकुशल छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ १२:४१
प्रतिक्रिया दिनुहोस्