Hamro Patra
उत्तराखण्डका मुख्यमन्त्री धामी र मुख्यमन्त्री शाहबिच भेटवार्ता

टीकापुर, बैशाख २०
साता व्यापी भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्ड राज्यका समकक्षी मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ । भारतको देहरादुनमा दुबै मुख्यमन्त्रीहरु बिच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल र भारतसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको छ । भेटमा नेपाल र भारतका नागरिकबिच रहेको सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताको विषयमा छलफल गरिएको हो ।

नेपाल–भारत सम्बन्ध केवल राजनीतिक वा भौगोलिक मात्रै नभई भावनात्मक र सांस्कृतिक गहिराइबाट पनि जोडिएको छ । दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता रहेको छ । यसले, वर्षौदेखि आपसी एकता र विश्वासलाई अझ बलियो गर्दै आएको दुवै मुख्यमन्त्रीहरूको विश्वास छ ।

यसअघि मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टाछुट्टै भेट गरेर विभिन्न विषयमा छलफल गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update