Hamro Patra
कक्षा १२ को परीक्षा तयारी पूरा 

टीकापुर, बैशाख २०

कैलालीमा कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । शिक्षक आन्दोलनका कारण वैशाख १२ मा निर्धारित परीक्षा राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ का लागि सारेको थियो ।

एक सय ३५ माध्यमिक तहका विद्यालय रहेको कैलालीमा ४७ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा जिल्लाभरबाट १९ हजार ९ सय १५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परिक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कैलालीका शाखा अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

४७ वटै परीक्षा केन्द्रमा सिट व्यवस्थापन, केन्द्राध्यक्षलाई प्रशिक्षण र सबै केन्द्रमा परीक्षामा चाहिने सामग्री पुगिसकेको उनले बताए । परीक्षा मर्यादित र व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा १० जना सुरक्षाकर्मीसमेत खटाइसकेको भट्टले जानकारी दिए । परीक्षा बिहान ८ बजेबाट सुरु भएर ११ बजे सकिनेछ भने जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका रहेको छ ।

 

यस वर्ष कक्षा १२ को परीक्षामा देशभरका १५ सय ९० परीक्षा केन्द्रबाट ५ लाख ५९ हजार विद्यार्थी सहभागी हुनेछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update