
टीकापुर, बैशाख २१
कैलालीको टीकापुरमा खैरो हेरोइनसहित एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला चेक पोष्टबाट जानकी गाउँपालिका वडा नं. ९ खैरिफाँटाका १८ वर्षीय किशोरलाई ५ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।
किशोरलाई ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्यक कारवाही थालेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ ०८:१२
प्रतिक्रिया दिनुहोस्