Hamro Patra
चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

कञ्चनपुर, बैशाख २१
सुदूरपश्चिमको कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. १२ तिल्कीमा चट्याङ लागेर स्थानीय २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो । 

उनका श्रीमान २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते भएका छन् । दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिएका छन् । 

प्रहरी निरीक्षक बस्नेतका अनुसार लालमतीको घटनास्थलमै मृत्यु भएको हो । ‘हाम्रो टोली घटनास्थलमा पुगेको छ, घटनाबारे आवश्यक विवरण संकलन तथा अनुसन्धान गरिरहेका छौँ’ बस्नेतले भने ‘मृतक महिलाका श्रीमान चट्याङ लागेर गम्भीर घाइते छन् ।’

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update