Hamro Patra
मुख्यमन्त्रीद्वय शाह र योगी बिच "वान टु वान" वार्ता

टीकापुर, बैशाख २२

भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथबीच वन टु वन वार्ता भएको छ । 

आज उत्तर प्रदेशको राजधानी लखनउस्थित सरकारी निवासमा दुबै मुख्यमन्त्री बिच झण्डै २५ मिनेट बढी समय वान टु वान वार्ता भएको हो ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीमा प्रभावशाली मानिएका मुख्यमन्त्री आदित्य नाथसँगको वान टु वान वार्तालाई विशेष महत्वका साथ हेरिएको   छ । वान टु वान वार्तामा भएको छलफलबारे हालसम्म दुबै पक्षले कुुनै कुरा सार्वजनिक गरेका छैनन् ।  

साता दिनदेखि भारतका विभिन्न ठाउँको भ्रमणको रहेको दश सदस्यीय प्रतिनिधि मण्डलसँगको भेटपछि मुख्यमन्त्री शाह र आदित्यनाथ बिच वान टु वान भेटवार्ता भएको हो । 

प्रतिनिधि मण्डलसँगको भेटमा दुबै प्रदेशका सीमावर्ती क्षेत्रमा लागुऔषध सम्बन्धी कडाई गर्न सामुहिक सुरक्षा स्पेशल टास्क फोर्समार्फत् कार्य गर्ने, दुबै देशको धार्मिक पर्यटनको विकासमा सामुहिक प्रयास गर्ने, सीमानाका व्यवस्थित गर्ने र सुदूरपश्चिम प्रदेशको विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको थियो । 

‘भेटका क्रममा मुख्यमन्त्री आदित्य नाथले तिकुनियाँ खक्रौला सडक तत्काल कालोपत्रे निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका छन्‌’ भ्रमण टोलीमा रहेका मुख्यमन्त्री शाहका राजनीतिक सल्लाहकार डाक्टर जितेन्द्र उपाध्यायले भने ‘उत्तर प्रदेशसँग जोडिएको झण्डै ३ शय किलोमिटर सीमा क्षेत्र व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ ।’

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update