Hamro Patra
दुर्घटनामा एकको मृत्यु


लम्की, बैशाख २८

कैलालीको लम्कीमा मोटरसाइकल दुर्घटनामा एक वृद्धको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर १ स्थित लम्की बहुमुखी क्याम्पस नजिकै गएराति भएको दुर्घटनामा ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर २ का रिमालले चलाएको से ७ प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखिएको से १ त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो ।
गम्भीर घाइते भएका रिमाललाई तत्कालै लम्कीस्थित लालरत्न अस्पताल पु¥याइएको थियो । तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update