Hamro Patra
टोल विकास संस्थालाई सहकारीको कुर्सी सहयोग

टीकापुर, बैशाख २८
टीकापुर नगरपालिका वडा नम्बर ६ नारायणपुरस्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले टोल विकास समितिलाई कुर्सी हस्तान्तरण गरेको छ । 

संस्थाले आज एक कार्यक्रमको आयोजना गरेर टीकापुर नगरपालिका वडा नम्बर ९ बौनीयाँस्थित जुनेली टोल विकास समितिलाई १५ थान कुर्सी हस्तान्तरण गरेको हो । संस्थाले टोल विकास समितिका अध्यक्ष शोभा साउँद लगायतलाई कुर्सी हस्तान्तरण गरेको छ । 

कुर्सी हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा सहकारी संस्थाका सल्लाहकार बलिराम चौधरी र विशिष्ट अतिथि सहकारी संस्थाका अध्यक्ष कपुरसिँह कडायत रहेका थिए । 

सो अवसरमा सहकारी संस्थाका कोषाध्यक्ष नृप कडायत, सदस्यद्वय पहलसिँह धामी र ओम भट्टराईका साथै स्थानीय विजय धामी लगायतको समेत उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update