Hamro Patra
अस्पतालका मेसुको भ्रमपूर्ण विज्ञप्ती

टीकापुर, बैशाख ३१
टीकापुर अस्पतालले प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भईरहेको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले एक विज्ञप्ती जारी गरी हाल प्रयोगशालामा त्यस्तो कुनै समस्या नभएको बताउँदै निर्धक्क सेवा लिन अपिल गरेको छ । 

तर विज्ञप्तीमा फागुन २१ गतेका दिन म्याद नाघेको कल्चर गर्न प्रयोग हुने एक प्रकारको भाइल प्रयोग भएको पाईएको स्विकारेको छ । यस्तो म्याद नाघेको भाइल प्रयोग गर्ने दोषीलाई नसियत दिईएको विज्ञप्तीमा उल्लेख छ । 

अस्पतालले विज्ञप्ती मार्फत म्याद नाघेको भाइल एकदिन मात्रै प्रयोग भएको दावी गरे पनि प्रयोगशाला ईञ्चार्ज मरिचमान भूलले भने त्यस्तो भाइल एक महिना प्रयोग भएको भनेका छन । उनले अस्पतालको ग्रुपमा यस्तो कुरा लिखित रुपमा जानकारी दिएको प्रमाण पाप्त भएको छ । 

उनले गु्रपमा भनेका छन ‘क्वालिटी चेक पास भईसकेपछि मैले ठिकै छ केही समयको लागि रन गर्न मिल्ने रहेछ तर चाँडै मगाउनु होला भनेको थिए । त्यसपछि यो एक महिना रन भयो ।’ उनले अहिलेसम्म जेनेरेट भएका सबै रिपोर्ट ठिक छन समेत भनेका छन ।

ईञ्चार्ज भूलले नै एक महिना प्रयोग भएको लिखित जानकारी दिएको भएपनि मेसु डा. रेमकुमार राईले भने विज्ञप्ती मार्फत झुटो प्रचार गरेका छन । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालका प्रमुखले नै सत्य कुरा लुकाएर आम मानिसमा भ्रम छर्ने काम गरेको देखिन्छ । 
ईञ्चार्ज भूलले ग्रुपमा लेखेका कुराहरु ः  

1-1747193598.jpeg
 

2-1747193599.jpeg

 

3-1747193599.jpeg


 


 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update