Hamro Patra
मन्त्रीका लागि कैलाश चौधरीको नाम सिफारिस

धनगढी, बैशाख ३१
नागरिक उन्मुक्ति पार्टीले सांसद कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । पार्टीले प्रदेश सांसद चौधरीलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीका लागि उनको नाम सिफारिस गरेकी हुन् । उन्मुक्ति पार्टीको भागमा रहेको मन्त्रालय एक महिना बढी समयदेखि मन्त्रीविहीन थियो ।

मंगलबार प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकपछि प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष श्रेष्ठलाई मन्त्रीको नाम सिफारिसका लागि पत्राचार गरेका थिए । त्यसको भोलिपल्ट मन्त्री बन्ने सांसदको नाम टुङ्गो लागेको हो ।

यसअघि पनि कैलाश चौधरीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । नागरिक उन्मुक्तिबाटै यसअघि मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनसँग जोडिएको विषय सार्वजनिक भएपछि राजीनामा दिएका थिए । सो स्थानमा उन्मुक्तिकै मन्त्री रहने गरी मुख्यमन्त्री कमलबहादुर शाहले नाम मागेका थिए । 
फायल फोटो 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update