Hamro Patra
साढे २५ लाख बराबरको सामान पक्राउ 

टीकापुर, जेठ १
जिल्ला प्रहरी कार्यालय कैलालीले साढे २५ लाख बढीको अवैध सामान पक्राउ गरेको छ । 

कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटेको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजेतिर कैलारी गाउँपालिका वडा नम्बर ९ कोईलही ताल नजिकबाट पक्राउ गरेको बताईएको छ । 

प्रहरीका अनुुसार भारतबाट भन्सार छली गरेर ल्याएको २५ लाख ५४ हजार ४०० रुपैयाँ बराबरको सामान पक्राउ गरिएको हो । 

पक्राउ गरेको सामानमा ४ सय पिस सुट, १ हजार ५१७ पिस टप्स, १ सय १२ पिस धोती, १० पूजाको धोती, २० रोल थान कपडा, १० पिस साडी, ५ पिस टावेल र १ रोल ब्लाउज अस्तर कपडा रहेको छ । प्रहरीले सो सामान बेबारिसे अवस्थामा फेला पारेको जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update