Hamro Patra
सुदूरपश्चिम सरकारको बेरुजु झण्डै तीन करोड

धनगढी, जेठ १
सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु २ अर्ब ९८ करोड ४९ लाख २० हजार रुपैयाँ पुगेको छ । 

महालेखा परिक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२ औं महालेखा परिक्षण प्रतिवेदन अनुसार ५० करोड ६ लाख ९३ हजार रुपैयाले थपिएको जनाएको छ । 

गत प्रतिवेदनमा सुदूरपश्चिम सरकारको बेरुजु २ अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०/०८१ को हिसाब परिक्षण गरिएको यो प्रतिवेदनमा २२ करोड ६ लाख ९४ हजार रुपैयाँ सम्परिक्षण गरिएको उल्लेख छ । सुदूरपश्चिमको पेश्की बेरुजु ३७ करोड ५९ लाख ११ हजार रुपैयाँ पुगेको छ । 

६२ औं महालेखा परिक्षण प्रतिवेदनमा देशका सात प्रदेश सरकारहरुको बेरुजु ५ अर्ब २ करोड १९ लाख ९७ हजार रुपैयाँले थप भएको छ । प्रदेश सरकारहरुको बाँकी बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख ५१ हजार रुपैयाँ पुगेको छ । देशका सात वटै प्रदेश सरकारहरुले २ अर्ब ४६ करोड १९ लाख ५० हजार रुपैयाँ मात्र सम्परिक्षण गराएको उल्लेख छ । 

गत प्रतिवेदनमा प्रदेश सरकारहरुको बेरुजु ३१ अर्ब ५० करोड ९५ लाख २० हजार रुपैयाँ थियो । हालसम्म बाँकी बेरुजु मध्ये ९ अर्ब ९५ करोड ४१ लाख २९ हजार रुपैयाँ पेश्की बेरुजु छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update