
टीकापुर, जेठ २
कैलालीमा हावाहुरीका कारण सालको रुख भाँचिदा घाइते भएको पूर्व क्याम्पस प्रमुखको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नं. १ सुखडको राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको उपचारका क्रमममा मृत्यु भएको हो ।
आज बिहान घर नजिकैको सालको रुख भाँचिएर भण्डारी गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखडमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि माया मेट्रो अस्पताल, धनगढीमा रिफर गरिएको थियो । दिउँसो करिब साढे १२ बजे भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १३:३६
प्रतिक्रिया दिनुहोस्