Hamro Patra
कैलालीबाट तीन जना लागुऔषधसहति पक्राउ

टीकापुर, जेठ ३
कैलालीबाट तीन जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको टीकापुर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन् ।

टीकापुर नगरपालिका वडा नम्बर १ नयाँबस्ती क्षेत्रबाट ३० वर्षीय छत्र साउँद पाँच ग्राम २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

यस्तै, टीकापुर नगरपालिका वडा नम्बर १ भानुचोकबाट ३१ वर्षीय सञ्जीप चौधरी र २७ वर्षीय दुर्गाप्रसाद चौधरी ४० मिलिग्राम लागुऔषधसति पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले गएराति पक्राउ गरेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update