Hamro Patra
करणी गरेको आरोपमा युवक पक्राउ

अछाम, जेठ ४
सुदूरपश्चिमको पहाडी जिल्ला अछामका एक युवक करणी गरेको आरोपमा पक्राउ परेका छन् । आफन्त पर्ने विवाहित युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाममा एक युवक पक्राउ परेका हुन् । 

चौरपाटी गाउँपालिकाका २२ वर्षीय युवकले अन्दाजी २० वर्षीया विवाहित युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । ती युवकले वैशाख २८ गते बिहान साढे ११ बजेतिर घरमा गई जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेपछि युवकलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखेर अनुसन्धान भइरहेको भण्डारीले बताए । युवकले एक वर्षदेखि पटक पटक जबरजस्ती करणी गर्ने गरेको युवतीको आरोप छ । भारतमा रहेका युवतीका श्रीमान घर पुगेपछि घटना बाहिरिएको बताइन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update