Hamro Patra
विवादका बिच उद्योग मन्त्रीमा रामेश्वर चौधरी नियुक्त

टीकापुर, जेठ ४
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादका बिच सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रदेश सभा सदस्य रामेश्वर चौधरी नियुक्त भएका छन् । 

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमा नियुक्त गरेका हुन् । उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

आर्थिक लेनदेन सम्बन्धी विवादित अडियो काण्डमा मुछिएपछि चैत्र १६ गते पार्टीका नेता लक्ष्मणकिशोर चौधरीले मन्त्रीबाट राजीनामा दिएका थिए । 

मन्त्री नियुक्तिको विषयमा पार्टीका संरक्षक रेमशलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद हुँदा फरक फरक नाम सिफारिस गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update