Hamro Patra
लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

टीकापुर, जेठ ५
लागूऔषध मुद्दामा फरार धनगढी र टीकापुरबाट दुई जना पक्राउ परेका छन् ।

लागूऔषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका वडा नं. १८ का ३५ वर्षीय केदार बोहरा र सोही मुद्दामै १ महिना १५ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका वडा नं. १ का ३३ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन् । 

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update