Hamro Patra
दुईदिने कार्यशाला गोष्ठी सुरु

टीकापुर, जेठ ५
टीकापुर बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप तथा जनसम्पर्क केन्द्रको आयोजनामा आजदेखी दुईदिने जलवायु उत्थानशील कृषि विषयक कार्यशाला गोष्ठी सुरु भएको छ । 

केन्द्रका संयोजक कृष्णप्रसाद जैशीको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन समारोहका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बलविर थारु र विशिष्ट अतिथि क्याम्पस प्रमुख ढविन्द्र रावल रहेका थिए । उद्घाटन समारोहमा स्ववियु सभापति किरण साउँद, युवा व्यवशायी टेकेन्द्र धामी र कैलाली केरा उत्पादक संघका अध्यक्ष दिपेन्द्र थारुले समेत मन्तव्य व्यक्त गरेका थिए । 

केन्द्रका सदस्य शिवचरण चौधरीले स्वागत मन्तव्य राखेको उद्घाटन समारोहको सञ्चालन नवराज पाण्डेले गरेका थिए । 

यस क्षेत्रका ४० जना कृषकहरुको सहभागीता रहेको गोष्ठीमा सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरका उपप्राध्यापकहरु रक्षा शर्मा, राजेश झा, बसन्तराज भट्टराई र रिताम्बर घिमिरेले जलवायु परिवर्तनले कृषि र कृषि उत्पादनमा पारेको प्रभावका बारेमा प्रशिक्षण दिईरहेका छन । 
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update