घरमाथि रूख ढल्दा एक महिलाको मृत्यु
                        
                        
                                                
                                             
                                                                    डडेल्धुरा, जेठ ७
डडेल्धुरामा घरमाथि रूख ढल्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका वडा नं. ६ मा आज बिहान आएको हावाहुरीसँगै सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको मृत्यु भएको हो । 
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टका अनुसार कामीको घटनास्थलमै मृत्यु भएको हो । घटनामा उनकी सासू राधा कामी घाइते भएकी छन् । घटनास्थलमा प्रहरी टोली पुगेको इन्सपेक्टर बिष्टले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:०८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    