Hamro Patra
सशस्त्र प्रहरीको थप एक बिओपी स्थापना

धनगढी, जेठ ७
कैलालीमा सशस्त्र प्रहरीले थप एक बर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित नल्काघाट बेसलाई स्तरोन्नती गर्दै बिओपी स्थापना गरिएको हो । 

आज एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनिका प्रमुख प्रदिप कुमार पालले बिओपीको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले सिमा शुरक्षा सगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागी यस बिओपीले थप सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

सशस्त्र प्रहरी बल सबिंधानले दिएका अधिकार पूर्ण रुपमा कार्यान्वयन गरिरहेको उनले बताए । जनताले बिश्वास गरेझैँ सशस्त्र प्रहरीले आफ्ना गतिबिधिहरुलाई थप परिस्कृत गर्दै गएको पालले बताए ।

सिमामा हुने चोरी, तस्करी तथा अपराधिक गतिबिधि नियन्त्रण गर्न दत्तचित्त भएर लाग्न उनले माथतका निकायलाई निर्देशन दिए । सशस्त्र प्रहरीले गर्ने काम त्रुटीरहित हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका गणपती सुरेन्द्र रञ्जितले कैलालीमा रहेको १ सय १ किलोमिटर खुला सिमानाको रक्षाका लागी सशस्त्र प्रहरी खटिएको बताउँदै सिमा शुरक्षालाई थप प्रभावकारी बनाउन युनिटहरुको स्तरोन्नती गरिएको बताए ।

गृह मन्त्रालयले देशभरी ७ वटा बिओपी थप्ने निर्णय गरे सगैं कैलालीमा नल्काघाटलाई बिओपीमा स्तरोन्नती गरिएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update