नवजात शिशु बेवारिसे अवस्थामा फेला
                        
                        
                                                
                                             
                                                                    धनगढी, जेठ १२
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १४ एच गाउँ स्थित साइनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको छ । रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनाल सहित शिशु फेला परेको हो । 
स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए ।
नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए ।
शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १२:१०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    