Hamro Patra
टीकापुरको नीति तथा कार्यक्रम असार २ र बजेट १० गते

टीकापुर, जेठ २२
टीकापुर नगरपालिकाको ५१ औं कार्यपालिका बैठक विविध निर्णय गर्दै सकिएको छ । बैठकले नीति तथा कार्यक्रम प्रस्तुत र आगामी आवको वार्षिक बजेट ल्याउने मिती तय गरेको छ । 

बैठकले असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १० गते आगामी आवका लागि वार्षिक बजेट ल्याउने मिती तय गरेको कार्यपालिका सदस्य समेत रहेका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिए । 

उनले बैठकले नीति तथा कार्यक्रमका बारेमा मोटामोटी सहमति गरेपनि बजेटका बारेमा भने त्यस्तो कुनै सहमति नभएको बताए । उनले संघीय सरकारले प्रदान गर्ने बजेटको आकारका आधारमा नगरपालिकाको बजेटको आकार तय हुने बताए । 

संघीय सरकारको बजेटमा नगरपालिकाले प्राप्त गर्ने आगामी आवको बजेटको आकार घटेको देखिन्छ । स्रोतका अनुुसार टीकापुर नगरपालिकाले छिमेकी जानकी र जोशीपुर गाउँपालिकाले प्राप्त गर्ने भन्दा कम बजेट पाउने भएको छ । यो बजेट संघीय सरकारले कार्य सम्पादन मुल्यांकनका आधारमा प्रदान गर्ने गरेको छ । 

कार्यपालिका सदस्य रामबहादुर नगार्जीले विगत वर्षको भन्दा आगामी वर्षको बजेटको आकार घट्न सक्ने बताए । उनले आन्तरिक आम्दानीमा आएको कमीले बजेटको आकारमा असर पार्ने सम्भावना देखिएको बताए । 

उनले वडा कार्यालयमा जाने बजेटको आकारमा कमी आउन सक्ने बताए । नगरपालिकामा नौवटा वडा कार्यालय रहेका छन । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update