
टीकापुर, जेठ २५
धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतवार बिहान अत्तरियातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा स्कुटर चालक धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहराका ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
उनका अनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिए पनि चिकित्सकले उनलाई मृत घोषण गरेको सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार स्कुटर पछाडि सवार धनगढी उपमहानगरपालिका वडा नं. १२ की ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।