सुख्खा नालामा महिला मृत फेला
                        
                        
                                                
                                             
                                                                    टीकापुर, जेठ २६
कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला सुख्खा नालामा मृत अवस्थामा फेला परेकी छिन् ।
लम्कीचुहा नगरपालिका वडा नं. ७ खरौलास्थित जैगडी राइस मिलको पछाडी पट्टिको सुख्खा नालामा सोही ठाउँकी ६५ वर्षीया चन्द्रादेबी भुल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले मृत्यु सम्बन्धी घटनामा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०८:४४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    