दुई किलो बढी चरेशसहित साउँद पक्राउ
                        
                        
                                                
                                             
                                                                    कञ्चनपुर, असार १
कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नं. ३ तिलाचौर केदारटोलबाट ६० वर्षीय साउँदको घरबाट २ किलो १५५ ग्राम लागुऔषध चरेशसहित उनी पक्राउ परेका हुन् । 
साउँदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२  ११:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    