सुदूरपश्चिम प्रदेश सभामा आज बजेट प्रस्तुत हुँदै

टीकापुर, असार १
सरकार फेरबदलको चपेटामा परेर आर्थिक वर्ष भन्दा दुई महिना ढिलो गरी गत वर्ष बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछ ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्नेमा सोही अनुसार बजेट प्रस्तुत गर्ने तयारी सुदूरपश्चिम सरकारले गरेको छ ।
प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ । चालु आर्थिक वर्षको लागि भने प्रदेश सरकारले ३१ अर्ब ५३ करोडको बजेट ल्याएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्