Hamro Patra
लागुऔषध सहित एकै दिन चारजना पक्राउ

टीकापुर, असार १
कैलाली कञ्चनपुरबाट प्रहरीले लागुऔषध सहित एकैदिन चार जनालाई पक्राउ गरेको छ । शनिबार कैलालीको धनगढी र जानकी गाउँपालिकाबाट प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. ३ बाट लागुऔषध सहित गौरीगंगा नगरपालिका वडा नं. ४ का २६ वर्षीय विजय नेपाली र गौरीगंगा नगरपालिका वडा नं. २ का ३२ वर्षीय अभिषेक हमाल पक्राउ परेका छन् । उनीहरूको साथबाट ५ शय २० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै जानकी गाउँपालिका वडा नं. ७ मोतीनगर चोकबाट जोशीपुर गाउँपालिका वडा नं. १ का २३ वर्षीय शिवबहादुर चौधरी र जानकी गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय देशराम चौधरी पक्राउ गरेका छन् । उनीहरूलाई बिक्री वितरण गरिरहेको अवस्थामा १ शय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update