लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, असार ३
कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नं. ३ त्रिनगर व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका वडा नं. ५ का १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरालाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरुबाट २ ग्राम १२० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरिएको छ भने पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १०:४४
प्रतिक्रिया दिनुहोस्