Hamro Patra
ढुङ्गा लागेर घाइते प्रहरी जवानको मृत्यु

दार्चुला, असार ३
दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।

आज विहान निसिलको थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि प्रहरी जवान दिपेन्द्र पाल गम्भिर घाइते भएका थिए । 

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

पाल केही दिन अगाडि मात्रै बिदामा घर आएका थिए । प्रहरी जवान पाल काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update