कारागारका कैदीबन्दीको मृत्यु

धनगढी, असार ३
कैलाली जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । बैंकिङ कसुरमा कारागार चलान भएका डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नं. ५ का २८ बर्षीय हरिससिंह पालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायक उपरीक्षक राजकुमार सिंहले दिएको जानकारी अनुसार एक्कासी बिरामी भएपछि असार २ गते बिहान ११ बजेर ३० मिनेटमा अस्पताल पुर्याएको थियो । पालीको मृत्यु घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १८:५६
प्रतिक्रिया दिनुहोस्